२०८२ साल हामीबाट बिदा भएको छ । संसदमा कुनै पनि दलको बहुमत नहुँदा सिर्जित दलीय किचलो, अस्थिर सरकार, दलीय सिण्डिकेट तथा जनतामा हदैसम्मको निराशा र वर्षको मध्यतिर जेनजी आन्दोलनमा अभिव्यक्त आक्रोश तथा अन्तरिम सरकार निर्माण तथा प्रतिनिधिसभा निर्वाचनमार्फत् दुईतिहाई नजिकको सरकार दिएर २०८२ ले इतिहासमा नयाँ इँटा थपिदिएको छ ।
देशमा सिर्जित समस्याको चाङबाट निकासको पाइला टेक्दै नव वर्ष २०८३ हाम्रो घर आगनमा आइपुगेको छ । विगतका कमी, कमजोरी, त्रुटी, लापरबाही आदि सच्याउन र अगाडि बढ्नका लागि आत्मसमीक्षासहित रूपान्तरणको वर्ष बन्न सक्ने केही सङ्केत पनि गरिरहेको छ ।
जनअपेक्षा अनुरूप सरकारले दायित्व निर्वाह गर्न सकोस् । प्रतिपक्षमा रहेका अनुभवी नेताहरूको सुझाव सही ठाउँमा सदुपयोग होओस् । नयाँ वर्ष २०८३ सुशासनको वर्ष बनोस् !