• बैशाख १२ २०८३, शनिबार

ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख अर्याल कारबाहीमा

बैशाख २ २०८३, बुधबार

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी)अर्याल कारबाहीमा परेका छन् ।

उनीसवार गाडी थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरी सिंहदरबार पुगेपछि कारबाहीमा परेका हुन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् ।

“भीभीआईपीको गाडीलाई त्यहीँ रोकेर चिट काट्न मिलेन,” स्रोतले भन्यो, “लेन क्रस गरेको देखिएपछि सिंहदरबार नै पुगेर हामीले चिट काटेका हौँ ।”