काठमाडौं । सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक आज रिहा हुने भएका छन् ।
बिहीबार दुवैलाई लाई हाजिरी जमानीमा छाड्ने तयारी भएको हो ।
जेनजी आन्दोलनसम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा प्रहरीले यही चैत १४ गते बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पहिलो मन्त्रिपरिषद बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा १४ गते बिहानै दुवै जनालाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको थियो ।
ओलीपत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधा लेखकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार अब म्याद नथप्न परमादेश जारी गरेको थियो ।