• बैशाख १२ २०८३, शनिबार

ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइयो

चैत्र १४ २०८२, शनिबार

काठमाडौं । एकाबिहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

यसअघि भक्तपुरबाट पक्राउ परेका उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको थियो ।  ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पतालमा लैजान लागिएको हो ।

“उहाँ बिरामी हुनुहुन्छ,” प्रहरी स्रोतले भन्यो,“स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै त्रिवि शिक्षण अस्पताल पठाइएको हो ।”

ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ । ओलीको स्वास्थ्य परीक्षण गरेपछि कहाँ राख्ने भन्ने जानकारी दिन सकिने जनाइएको छ ।