• बैशाख १० २०८३, बिहीबार

चलचित्र ‘लालिमा’काे ९ दिनकाे कमाइ जम्मा ५ लाख

चैत्र ९ २०८२, सोमबार

काठमाडौँ । ‘लालिमा’ २९ फागुनमा प्रदर्शनमा आएको पहिलो फिल्म हो । एकल प्रदर्शन अवसर पाएको फिल्मले राम्रो व्यवसाय गर्न भने सकेन । फिल्मले ९ दिनमा जम्मा ५ लाख व्यवसाय गरेको छ ।

चलचित्र विकास बोर्डले गत शनिबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ५ लाख २९ हजार ७३८ रहेको छ । यो अवधिमा फिल्मको टिकट २ हजार ४० वटा मात्र बिक्री भएको छ ।

रोशन मिराजको निर्देशन रहेको फिल्ममा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला लगायतको अभिनय छ ।

तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित यो फिल्म फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको हो । फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक निर्देशक मिराज आफै गरेका हुन् ।