• फाल्गुन २५ २०८२, सोमबार

राजीनामा दिने मुडमा गगन थापा, विश्वप्रकाशसित के भने ?

फाल्गुन २५ २०८२, सोमबार

काठमाडौं । कांग्रेस सभापति गगन थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् ।

सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा ससभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका हुन् ।

‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु,’ गगनलाई उदृत गर्दै स्रोतले भन्यो ।

गगनले राजीनामा दिने बताएपछि विश्वले निर्वाचनमा पराजित हुनुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन अप्ठ्यारोमा पर्ने बताएका थिए ।

‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो,’ विश्वलाई उदृत गर्दै स्रोतले भन्यो,’ नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५०औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’

उपसभापति शर्माले एक संचारमाध्यमसितकाे कुराकानीमा पनि सभापतिले राजीनामाबारे कुरा गरेको पुष्टि गरे ।

‘सभापतिले राजीनामा दिन्छु भन्नु भएको छ । यही विषयमा छलफल भइरहेको छ,’ उपसभापति शर्माले भने ।