• फाल्गुन २४ २०८२, आईतवार

गगन थापा पराजित,रास्वपाका अमरेशकुमार विजयी

फाल्गुन २४ २०८२, आईतवार

काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति थापा रास्वपा उम्मेदवार  अमरेशकुमार सिंहसँग पराजित भएका हुन् ।

सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । तेस्रोमा एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक उमेदवारी दर्ता गर्न सर्लाही गएका थए । काठमाडौं ४ मा यसपटकको निर्वाचनमा रास्वपा उम्मेदवार पुकार बम विजयी भएका छन् ।