• फाल्गुन २३ २०८२, शनिबार

सुर्खेत १ बाट कांग्रेसका विष्णुबहादुर खड्का विजयी, अरु कसले कति मत ल्याए ?

फाल्गुन २३ २०८२, शनिबार

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् ।

उनी नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

खड्का २६ हजार ८९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाएका छन् ।

सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो भएका छन् ।

पाँचौं भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार ८२८ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन् ।