• फाल्गुन २३ २०८२, शनिबार

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम: कुन दलले कति सिट प्राप्त गरे ?

फाल्गुन २३ २०८२, शनिबार

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गर्दै धेरै सिट जित्न सफल भएको छ ।

सार्वजनिक मतगणना अनुसार प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये ४० क्षेत्रकाे परिणाम घाेषणा भइसकेको छ ।  मतपरिणाम अनुसार रास्वपाले ३१ सिट प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले हालसम्म ५ सिट हासिल गरेको छ भने नेकपा एमालेले २ सिट हासिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा र स्वतन्त्रबाट १-१ सिट प्राप्त गरेका छन् ।