तुलसीपुर l बस्ती स्थान्तरणकाे माग राख्दै आन्दाेलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत खसेकाे छ ।
मतदान केन्द्रमा मतदाता मत हाल्न सहभागी नभएकाे मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । यसैगरी दाङकाे बबई १ जनता आवि जिला मतदान केन्द्रमा १० मत खसेकाे छ ।
बाँके राष्ट्रिय निकुञ्ज पीडितहरूले बस्ती स्थान्तरणकाे माग गर्दै साे स्थानमा पनि मत वहिस्कार गरेका छन् । मध्यवर्ती क्षेत्रका भन्दा अर्काे गाउँ सानाे जिलाका १० जनाले मत हालेका हुन् । यो समाचार तयार पार्दसम जम्मा १० मत खसेकाे निर्वाचन अधिकृत चिरन्जिवी खड्काले जानकारी दिए ।