• फाल्गुन २३ २०८२, शनिबार

गुल्मी-१ मा २०७९ मा उम्मेदवार बनेका भण्डारीले रास्वपा परित्याग गरे

फाल्गुन १८ २०८२, सोमबार

गुल्मी । गुल्मी-१ मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् ।

भण्डारीले सोमबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका छन् ।

भण्डारीले जारी गरेको वक्तव्यमा पार्टीको उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै योगदान, त्याग र इमानदारीभन्दा पहुँच र प्रभावलाई प्राथमिकता दिइएको आरोप लगाएका छन् ।

उनले प्रक्रियाविहीन र अपारदर्शी ढङ्गबाट उम्मेदवार चयन गरिएको उल्लेख गरेका छन् । पार्टीले बोलेका मूल्य, विधि र राजनीतिक नैतिकतासँग गम्भीर रूपमा बाझिएको भण्डारीको आरोप छ ।

२०७९ को निर्वाचनमा उनले एक हजार ८८२ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा गुल्मी-१ बाट रास्वपाले समानुपातिकतर्फ आठ हजार ११६ मत प्राप्त गरेको थियो ।
यो क्षेत्रमा यसपटक रास्वपाले सागर ढकाललाई उम्मेदवार बनाएको छ ।