काठमाडाैं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ ।
उज्यालोका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यसअघि एमालेले पनि शर्मालाई समर्थन गर्ने निर्णय गरेको थियाे ।
तत्कालीन माओवादी केन्द्रबाट शर्माले ०६४ सालदेखि लगातार चुनाव जित्दै आएका थिए ।
तर, नेपाल कम्यिुनस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेपछि शर्मा पहिलो पटक चुनावी मैदानमा छन् ।