काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले यहाँ नेकपाकी उम्मेदवार बीना मगरलाई सघाउने घोषणा गरेका हुन् ।
शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन् । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए ।
गत १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले त्यसको तीन दिनपछि नै पार्टी परित्याग गरी नेकपा रोजेका हुन्।