काठमाडौं । रोल्पा—काठमाडौँ सम्पर्क समन्वय समितिले नेपाली कम्युनिष्ट पार्टीका नेता तथा रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई रू. १५९,०००/– (अक्षरुपी एक लाख उनान्साठी हजार मात्र) आर्थिक सहयोग रकम उपलब्ध गराएको छ ।
सो रकम पुनलाई चुनावी कार्यक्रमको लागि उपलब्ध गराइएको हो । आज एक समाराेहका बीच समितिका अध्यक्ष तिरबहादुर घर्ती, सचिव नन्द घर्तीमगर र कोषाध्यक्ष राकेश खड्काले नेता पुनलाई साे रकम हस्तान्तरण गरेका हुन् ।
यही फागुन २१ गते प्रतिनिधसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।