• फाल्गुन २३ २०८२, शनिबार

पर्यटकको उद्धार गरेको नक्क्ली कागज देखाइ बीमा रकम लिएकाे अभियाेगमा तिवारी र सिंह पक्राउ

फाल्गुन १३ २०८२, बुधबार

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेन्जर एन्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३१ का सिंह बुधबार (फागुन १३) पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका– २ का तिवारी मंगलबार पक्राउ परेका हुन् ।

हालसम्म उक्त कसुरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका सेयरधनी सञ्चालकसहित नौजनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बीमा रकम दाबी गरी गैरकानुनी रूपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।