• फाल्गुन २३ २०८२, शनिबार

चुनाव प्रचारकै क्रममा रञ्जु दर्शना बनिन् आमा, पुत्र लाभ भयो कि पुत्री ?

फाल्गुन १२ २०८२, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छिन् । उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् ।

अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । गर्भावस्थामै उनी केही दिनअघिसम्म चुनावी घरदैलोमै सक्रिय थिइन् ।