• फाल्गुन २३ २०८२, शनिबार

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु, २८ जना घाइते  

फाल्गुन ११ २०८२, सोमबार

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको   बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । यसमध्ये पोखरामा ४३ जना चढेका थिए भने २ जना मुग्लिनबाट चढेका थिए ।

घाइतेहरुकोउपचारकालागिविभिन्न अस्पताल पठाइएको छ । अस्पतालपठाइएकाघाइतेमध्येकेहीकोअवस्थागम्भीर  रहेको छ ।