• फाल्गुन २३ २०८२, शनिबार

चुनावका बेला ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

फाल्गुन १० २०८२, आईतवार

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ ।

यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।

“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदैछ ।