• फाल्गुन २३ २०८२, शनिबार

एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ

फाल्गुन ८ २०८२, शुक्रबार

काठमाडौँ । नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे टाेलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षिय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेकाे हाे ।

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा एमालेकाे चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न हुनका साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ।