• फाल्गुन २३ २०८२, शनिबार

नयाँ दलबाट पनि निकास निस्किँदैन : घनश्याम भुसाल

फाल्गुन ७ २०८२, बिहीबार

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले शीर्ष पार्टीका नेतृत्वहरूको नालायकीका कारण मुलुकमा सङ्कट देखा परेको बताएका छन् ।

उनले नवयुवाहरूको प्रदर्शन मूल पार्टीका नेतृत्वहरूको नालायकीका कारण उत्पन्न भएको समेत बताए । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का उम्मेदवारहरूको प्रचारका लागि रुपन्देही आएका कार्यवाहक अध्यक्ष भुसालले बिहीबार बुटवलमा बोल्दै अब इतिहासको समीक्षा गर्दै नयाँ मोडमा पुग्नुपर्ने बताए ।

उनले पुरानाहरूको नालायकीपनले नयाँ दलको उदय भएपनि त्यसबाट पनि निकास निस्कन नसक्ने बताए ।

मुलुक राजनीतिक रूपमा निकै ठुलो मोडमा रहेको बताउँदै आफूहरू जनता ब्युझाउन चुनावी मैदानमा उत्रेको बताए ।

उनले आफू कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा रहेको बताउँदै त्यस्तो अवस्था नभएपछि मुलुक र जनतालाई केन्द्रमा राखेर नेकपा संयुक्त जन्मेको बताए।

उनले आफ्ना उम्मेदवारहरूलाई जनता ब्युझाउने गरी चुनावमा होमिन आग्रह गरेका छन् ।