सत्ता खोज्दै सडकमा सारा स्वर साटिन्छ,
सपना बेचेर सस्तोमा सत्य यहाँ दबाइन्छ ।
नारा खुब लाग्छन्, नाम ठूला, काम भने कम,
कुर्सीका लागि काटिन्छन् जनताका घाउ झन् ।
सत्ताको खेलमा भोटले न्याय पाएन कहिल्यै
मीठा शब्दको फन्दामा फस्छ, सोझा जनता जहिल्यै
हात हल्लाएर हार्दिकता देखाइन्छ, तर
पछाडि बसेर जनताको पसिना चुसिन्छ ।
धन, दल र डरले देश पर धकेलिन्छ,
गरिबको आवाज गल्लीमै गुमाइन्छ ।
तर हेर आज नभए भोलि जनता उठ्छन्,
कलम र कदमले खेलैखेलमा सब बदल्छन् ।