• फाल्गुन २३ २०८२, शनिबार

स्रोत नखुलेको नगदसहित कैलालीबाट पक्राउ

माघ २६ २०८२, सोमबार

कैलाली । टीकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँ सहित भारत लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ बिएफ ७१६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।