काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन केन्द्रित कार्यक्रमका लागि झापा पुगेका छन् ।
यसअघि मनोनयन दर्ता गर्न पुगेका ओली शुक्रबार फेरी झापा पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व साभामुख देवराज घिमिरे र एमाले नेता देवेन्द्र दाहाल लगायतले स्वागत गरेका थिए ।
उनी झापा-५ बाट उम्मेदवार बनेका छन् । ओलीलाई यस पटक रास्वपा वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका कारण झापा- ५ को चुनावी चर्चा देशभर रहेको छ ।