काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका नेता डा. श्री कुँवरले पार्टी छोडेका छन् ।रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका कुँवरले पार्टीले खल्तीबाट निकालेर उम्मेदवार बनाएको भन्दै राजीनामा दिएका हुन् ।
उनले पार्टीले ‘प्राइमरी इलेक्सन’ मार्फत् उम्मेदवार छनोट गर्ने प्रतिबद्धता विपरित सिधै उम्मेदवार तोकेको बताएका छन् ।
सो क्षेत्रबाट कुँवरसहित ६ जना आकांक्षी रहेकोमा रास्वपाले बालेन शाहका पूर्वसल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएको छ ।