• फाल्गुन २३ २०८२, शनिबार

स्रोत नखुलेको नगदसहित पोखराबाट एक जना पक्राउ

माघ २२ २०८२, बिहीबार

पोखरा । कास्कीको पोखरा महानगरपालिका-३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।