• फाल्गुन २४ २०८२, आईतवार

नक्कली नोटसहित सुनसरीबाट एक जना पक्राउ

माघ २२ २०८२, बिहीबार

सुनसरी । हरिनगरा गाउँपालिका-१ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थान सहित इनरूवा नगरपालिका-१० बस्ने २५ वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।