• फाल्गुन २३ २०८२, शनिबार

माघ २५ देखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

माघ २१ २०८२, बुधबार

काठमाडौँ । सरकारले माघ २५ गतेदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

महाशाखाले आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने जानकारी दिएको छ ।

त्यस्तै कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले यो खोप लगाउनु पर्ने र गतबर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रा तथा ११ देखि १४ बर्षसम्मका विद्यालय बाहिर रहेका गरी कुल ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।

सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो । यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो ।