काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पहिलो पटक संसदमा सम्बोधन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार राष्ट्रिय सभालाई सम्बोधन गरेकी हुन् ।
राष्ट्रिय सभालाई सम्बोधन गर्दै सरकार फागुन २१ मा निर्वाचन सम्पन्न गरेर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको अवस्था सम्हाल्न्न आफु प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले आफु पदको लोभले प्रधानमन्त्री नबनेको स्पष्ट गरेकी छन् ।
उनले अहिलेसम्म फागुन २१ मा हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन भएर अहिले दल र उम्मेदवारहरु चुनाव प्रचारमा सहभागी भइरहेको जानकारी दिदै भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सबैलाई आव्हान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आफुहरुले अनावश्यक सुबिधा नलिएको र सरकारले अहिले गरेका कामको नतिजा पछि देखिने बताएकी छन् । जनताको मतबाट छिटै प्रतिनिधिसभा आउने बताउदै प्रधानमन्त्री कार्कीले विस्तारै भत्केका संस्थाहरुलाई सरकारले जोडिरहेको बताएकी हुन् ।
ओं अवसरमा प्रधानमन्त्री कार्कीले सरकार छोडेर गएपछि चुनाव लड्न जानेले बेइमानी नगरेको स्पष्ट गरेकी छन् । प्रधानमन्त्री कार्कीले युवाहरु राजनीति गर्न खोज्छन् भने गर्न दिनुपर्छ भन्दै दोष दिने भए आफुलाई दिन आग्रह गरेकी थिइन् । उनले जेनजीको प्रेसरबाट आफुले मन्त्री बनाएको र चुनाव लड्न जान्छु भन्दा जान दिएको बताएकी छन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर गएको बताउदै उनले केहि कानुन बनाउन भनेको र छोटो समयमा सम्भव नभएपछि उनले छोडेर गएको बताएकी छन् । त्यस्तै दुई जना मन्त्री रास्वपामा गएको, महावीर पुन स्वतन्त्र चुनाव लडेको र कुलमान घिसिङको आफ्नै पार्टी रहेकाले सरकारमा रास्वपाका मात्र मन्त्री रहेको भन्ने आरोपको प्रधानमन्त्री कार्कीले खण्डन गरेकी छन् ।