• फाल्गुन २३ २०८२, शनिबार

रास्वपालक्षित प्रचण्डको टिप्पणी—घण्टी बजाएर केही हुनेवाला छैन

माघ १३ २०८२, मंगलवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडियामा स्टन्टबाजी गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार (माघ १३) काठमाडौंमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्टबाज गर्नेबाहेक अरु केही गर्न नसकेको आरोप लगाए । मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न उनले आह्वान गरे ।

ूघण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भइराखेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,ू प्रचण्डले भने ।

सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने प्रचण्डको भनाइ छ । मोहन वैद्य किरण पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने उनले बताए ।