• फाल्गुन २३ २०८२, शनिबार

अकुत सम्पत्ति कमाएका भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियरविरुद्ध मुद्धा दायर

माघ १३ २०८२, मंगलवार

काठमाडौँ । चितवनको भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यले सेवामा प्रवेश गरेको समय २०४८ सालदेखि २०८० सम्म कुल १० करोड २९ लाख ९९ हजार २२६ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकोमा उनको वैध कमाई ३ करोड ५१ लाख ८ हजार २१० मात्र देखिएकाले ६ कार्ड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले सो बराबरको रकमको बिगो माग गर्दै आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।