• फाल्गुन २३ २०८२, शनिबार

महावीर पुनलाई निर्वाचन आयोगले किताब बेच्न रोक लगायाे

माघ १२ २०८२, सोमबार

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निर्वाचन आयोगले उनको किताब बेच्न रोक लगाएको छ । निर्वाचन आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि वस्तु वा सामान बनाएर वितरण गर्न र बेच्न नपाउने भन्ने व्यवस्था रहेकाले सो अनुसार पुनले किताब बेच्न नपाएको बताएका हुन् ।

उनले भनेका छन्- ‘नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाइएन- आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि वस्तु वा सामान बनाएर वितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यहि कुरामा टेकेर विरोधीहरुले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताव बेच्न पाइँदैन भनेर निर्वाचन आयोगमा उजुरी गरेछन् र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ ।’

उनले आत्मकथाको कितावमा मेरो चुनाव चिन्ह त्रिभुज नभएको र आफू त्यो कितावको लेखक मात्र भएको बताउँदै त्यो कितावबाट कुनै रोयल्टी नलिएको स्पष्ट गरेका छन् । पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा वीरगञ्ज कृषि औजार कारखानामा जाने र सो औजार कारखाना सारा नेपालीको साझा सम्पत्ति भएको स्पष्ट गरेका छन् ।