सुर्खेत । नेपालमा कृषि र खाद्य प्रणालीलाई दिगो, जलवायु–सहनशील र आत्मनिर्भर बनाउने उद्देश्यका साथ युवाहरूको सहभागितामा आधारित नयाँ अभियान सुरु भएको छ। World Food Forum Nepal (WFF Nepal) र Nymat Nepal को सहकार्यमा, साथै संयुक्त राष्ट्रसंघको FAO Nepal (Food and Agriculture Organization of the United Nations) को प्राविधिक र नीतिगत सहयोगमा, देशभर Local Youth Teams (LYTs) गठन अभियान सुरु गरिएको हो।
यस अभियानअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व जीवन गिरीले गरिरहेका छन् । उनी हाल WFF Nepal का Karnali Province Youth Team Focal Point का रूपमा कार्यरत छन् र प्रदेशका सबै स्थानीय तहका युवाहरुलाई सशक्त बनाउन सक्रिय छन्। FAO Nepal को भूमिका FAO Nepal ले यस अभियानमा प्राविधिक तथा नीतिगत सहयोग पुर्याइरहेको छ।
FAO ले विश्वव्यापी रूपमा खाद्य प्रणाली रूपान्तरण, जलवायु–सहनशील कृषि, र युवाको भूमिकालाई प्रवर्द्धन गर्दै आएको संस्था हो। नेपालमा यसले दिगो विकास लक्ष्य (SDG–2: Zero Hunger) हासिल गर्न युवा–केन्द्रित परियोजनाहरूमा लगानी गर्दै आएको छ। LYT अभियानमा FAO Nepalले प्राविधिक मार्गदर्शन, नीति सिफारिस, र स्थानीय सरकारसँग सहकार्यका संयोजन कार्यमा सहयोग पुर्याइरहेको छ।
WFF Nepalको भूमिका World Food Forum Nepal (WFF Nepal), FAO अन्तर्गतको युवा–सञ्जाल हो जसले “Youth-led transformation for sustainable food systems” भन्ने दृष्टिकोणलाई नेपालमा कार्यान्वयन गर्दै आएको छ। WFF Nepal ले युवाहरुलाई राष्ट्रिय र स्थानीय तहमा संगठित गर्दै नीति संवाद, नेतृत्व विकास, कृषिमा नवप्रवर्तन, र जलवायु–सहज कृषि अभ्यासहरूमा जोड दिएको छ।
WFF Nepalले LYT अभियानमार्फत युवाहरुलाई प्रत्यक्ष रूपमा समुदायमा काम गर्ने अवसर दिइरहेको छ। यस कार्यक्रमले युवा र स्थानीय सरकारबीचको सहकार्य सुदृढ गर्दै खाद्य प्रणालीको रूपान्तरणमा युवाको नेतृत्व स्थापित गर्न खोजेको हो। Nymat Nepal को भूमिका Nymat Nepal ले यो अभियानमा सञ्चालन, व्यवस्थापन, र युवासँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी लिएको छ।
संस्थाले युवाहरूका लागि अभिमुखीकरण, सीप–विकास तालिम, र परियोजना व्यवस्थापनका अवसर उपलब्ध गराउँदै आएको छ। WFF Nepal सँगको सहकार्यमा Nymat Nepal ले देशभरका युवाहरुलाई Local Youth Team (LYT) का रूपमा संगठित गर्दै दिगो कृषि र खाद्य सुरक्षाका विषयमा जनचेतना फैलाइरहेको छ।
LYT अभियानको उद्देश्य LYT कार्यक्रमले नेपालका गाउँ–नगर तहमा रहेका युवाहरुलाई स्थानीय सरकारसँग सहकार्य गर्दै समुदायमै परिवर्तन ल्याउन प्रेरित गर्ने लक्ष्य राखेको छ। यसका मुख्य उद्देश्यहरू छन्: दिगो कृषि अभ्यास र जलवायु–सहनशील प्रविधिको प्रसार, किसान सशक्तीकरण र सीप विकास, खाद्य सुरक्षा र पोषण सुधार, नीति निर्माणमा युवाको आवाज र सहभागिता जीवन गिरीको नेतृत्व र दृष्टिकोण कर्णाली प्रदेशमा यो अभियानको नेतृत्व गर्दै आएका जीवन गिरी किसान र युवा दुवै क्षेत्रका प्रेरणादायी व्यक्तित्व हुन्।
उनी वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा फार्म र पढाइलाई संगसंगै लागिरहेका छन् र “बाँझो भूमि उत्पादनशील बनाऔँ” भन्ने अभियानका माध्यमबाट युवाहरुलाई कृषि उद्यम र नवप्रवर्तन तर्फ आकर्षित गर्दै आएका छन्। उनले भने: “हाम्रो अभियान उत्पादन मात्रै होइन, दिगोपन र आत्मनिर्भरता हो। FAO Nepal, WFF Nepal र Nymat Nepalको सहकार्यले युवाहरुलाई गाउँमा फर्काएर उनीहरूको क्षमतालाई उपयोग गर्न प्रेरणा दिएको छ। कर्णालीका हरेक पालिकाबाट युवाको सहभागिता अपेक्षित छ।”
उनले यो कर्णालीमा मात्र नभई देशैभरी खुलेकाे जानकारी गराएका छन्। फारम भर्ने अन्तिम मिति LYT अभियानमा सहभागी हुन इच्छुक युवाहरुका लागि आवेदन फारम खुलेकाे छ।
LYT फारम भर्नुहोस्: https://docs.google.com/forms/d/e/1FAIpQLSfbeNficvlCpZB2j3Ys0FX2sHe1WzjMXC7eVKfAhh3b2SGX1A/viewform
सम्पर्क: कर्णालीका लागि जिबन गिरी Karnali Province Youth Team Focal Point, WFF Nepal
9860617396