• फाल्गुन २३ २०८२, शनिबार

मलाई विमानस्थलमा सुन तस्कर झैँ चेकजाँच गरियो- ओली

माघ १० २०८२, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनु पर्ने अवस्था आउनसक्ने टिप्पणी गरेका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनु पर्ने अवस्था आउनसक्ने बताए।

शुक्रबार आफू झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा अपमानित हुन परेको बताउँदै ओलीले माथिको आदेश भन्दै आफूलाई सुन तस्कर झैँ चेकजाँच गरेको बताए ।

ओलीले नयाँ नाममा उदाएका पार्टीहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताए ।

ओलीले सो कार्यक्रममा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालसहित अन्य लगानीकर्ताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।