• फाल्गुन २३ २०८२, शनिबार

अब सांसद होइन, विज्ञबाट मन्त्री छान्ने व्यवस्थामा जाऔं : सांसद मोहम्मद खालिद

माघ ९ २०८२, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टीका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरू मन्त्री बन्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको १९आँै अधिवेशनमा बोल्दै सांसद खालिदले सांसदहरू मन्त्री बनेका कारण सांसद खरिद बिक्रीदेखि राजनीतिक दलहरू विभाजन हुने लगायतका विकृति भित्रिएको जिकीर गरे ।
अब सांसदहरूलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको तर्क उनले गरे ।

‘मन्त्री बन्नका लागि किन सांसद् पद चाहियो ? संसारका धेरै देशमा यो प्राक्टिस छैन । विकसित राष्ट्रहरूमा यो प्राक्टिस छैन । यो सांसद बिक्री, राजनीतिक दलको तोड्फोड र जनताको अभिमतको अपमान यो सांसद मन्त्री हुने खेलको कारणले हो । संकल्प गरौँ र राष्ट्रिय सभाबाट हामी तयार गरौैं । अब सांसद मन्त्री बन्दैन । विज्ञ मन्त्री बन्ने व्यवस्था गरौं,’ उनले भने ।

सांसद खालिदले राष्ट्रिय सभाले सांसदहरूलाई मन्त्री नबनाउने व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने समेत बताए ।