• फाल्गुन २३ २०८२, शनिबार

मन्त्रिपरिषद्को बैठकका ९ निर्णय सार्बजनिक

माघ ९ २०८२, शुक्रबार

काठमाडौं । माघ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को बैठकका ९ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिएका छन् । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो । असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदै थियो ।