• फाल्गुन २३ २०८२, शनिबार

काँग्रेसले आज ऐतिहासिक निर्णय गर्दैछ, यसले देशमा तरंग ल्याउनेछ- महामन्त्री पौडेल

माघ ९ २०८२, शुक्रबार

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले काँग्रेसको आजको ऐतिहासिक निर्णय गर्न लागेको बताएका छन् ।

निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुगेका महामन्त्री पौडेलले आजको बैठकले गर्ने निर्णयले देशमा तरंग ल्याउने बताएका हुन् ।

उनले खासगरी विशेष महाधिवेशनमा प्रतिबद्धता गरेका थियौं । काँग्रेसको नेतृत्व परिवर्तनपछि देशको नेतृत्व पनि गर्ने बताएका थियौं । काँग्रेसले यो लोकतान्त्रिक प्रक्रियाबाट गर्न लागेको छ ।’

साथै उनले काँग्रेसले मधेशको आवाजलाई अगाडी ल्याउन सभापति गगन थापालाई सर्लाही पठाएको बताउदै यसले मधेशका मुद्धालाई अगाडी ल्याउने र तिनलाई समाधान गर्न आफुहरुले यस्तो निर्णय गरेको बताए । उनले भने- ‘नेपालको जग मधेश हो । हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौं । मधेशको जगबाट देश निर्माण गर्न चाहन्छौं ।’

देशले योजना र नेतृत्व खोजेको भन्दै आफुहरुले मर्यादित ढंगले आफ्ना कुरा मतदातासँग राखेर निर्वाचनमा जाने स्पष्ट गरे ।