• फाल्गुन २३ २०८२, शनिबार

आफ्नो उम्मेदवारी खारेज भएपछि रेशम चौधरीले के भने ?

माघ ८ २०८२, बिहीबार

काठमाडौँ । नाउपा नेपालका संरक्षक रेशम चौधरीले आफू राजनीतिक शिकार भएको टिप्पणी गरेका छन् ।

कैलाली-१ बाट उम्मेदवारी दिएका चौधरीले आफ्नो उम्मेदवारी खारेज भएपछि प्रतिक्रिया दिँदै राजनैतिक शिकार बनाउनुको पनि हद हुन्छ भन्दै विभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता भन्ने प्रश्न गरेका छन् ।

साथै उनले आफ्नो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिन आग्रह गरेका छन् ।

उनले भनेका छन्:

राजनैतिक शिकार बनाउनुको पनि हद हुन्छ । विभेद दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिका हो । पहिचानको लामो लडाँको मार्ग कतै त्यहि हुने त होइन ? भन्ने भय छ । राजनैतिक विभेदका बिरुद्द सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो । मेरो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित । जय नागरिक ।