• फाल्गुन २३ २०८२, शनिबार

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज

माघ ८ २०८२, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

“नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिंदा खारेज गरि दिएको छ । कानून बमोजिम गर्नु,” निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ ।
उनी कैलाली १ बाट उम्मेदवार थिए ।