• फाल्गुन २३ २०८२, शनिबार

 अवैध तरिकाले दिएकाे टिकटबाट उमेदवार नबन्ने कांग्रेस उपसभापति खड्काकाे घाेषणा

माघ ६ २०८२, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू उम्मेदवार नबनेको बारे स्पष्टीकरण दिएका छन् ।उनले आज उम्मेदवार दर्ता गर्ने दिन सामाजिक सञ्जालमार्फत  ‘अवैधानिक’ प्रक्रियाबाट चयन भएका प्रतिनिधिको निर्णय र हस्ताक्षरबाट जारी गरिएको टिकटबाट उमेदवार नबनेको बताएका हुन् ।

उनले भनेका छन्- ‘अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी भएकाले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उमेदवार हुनु मेरो जीवनभरको राजनीतिक मूल्य–मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’

खड्काले सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै मुद्दा दायर गरिएकाले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्न नसक्ने बताएका छन् ।  खड्काले आफूले रुख चिन्ह लिएर उम्मेदवार बन्नेलाई सहयोग गर्ने उल्लेख गरेका छन् । देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध गरेको निर्णयको आदेश आज आउँदैछ ।