• फाल्गुन २३ २०८२, शनिबार

बाबुराम भट्टराई गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने

माघ ४ २०८२, आईतवार

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् ।

डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा- २ मा उम्मेदवार बन्ने जानकारी दिएका हुन्  । उनी सोहि निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसको सहयोगमा विजयी भएका थिए तर २०७९ को निर्वाचनमा भने उनले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छोडिदिएका थिए ।

आफ्नो उम्मेदवारी बारे जानकारी दिदै उनले भनेका छन्- ‘गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा-२ बाटको चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु । सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु ।’