• फाल्गुन २३ २०८२, शनिबार

ताप्लेजुङबाट योगेशले पाएनन् टिकट, युवा संघका अध्यक्ष थेवे बने उम्मेदवार

माघ ४ २०८२, आईतवार

काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट युवा संघका अध्यक्ष थितिज थेवेलाई उम्मेदवार बनाएको छ ।

पार्टीका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेवेलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा ताप्लेजुङबाट भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका थिए । उनले २०८ मत अन्तरले जित हासिल गरेका थिए ।