• फाल्गुन २३ २०८२, शनिबार

बालेन पुगे जनकपुर, समर्थककाे भीडले फुट्याे विमानस्थलकाे ढाेका

माघ ४ २०८२, आईतवार

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेतालाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका समेत फुटेको छ।

जनकपुर विमानस्थलबाट बाहिर निस्किने क्रममा ढोकामा समर्थकहरूको ठूलो भिड लागेको थियो ।

सो क्रममा एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो । ढोका फुटेपछि बालेन र रवि केहीबेर भित्रै रोकिएका थिए।