काठमाडौँ । काठमाडौँका मेयर बालेन शाह र सुदन गुरुङ आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दैछन् । अहिले बालेन र सुदन पार्टी प्रवेश गर्ने कार्यक्रममा बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको ठुलो भिड लागेको छ ।
सुदनले आज आफु र बालेन रास्वपामा प्रवेश गर्ने जानकारी दिदै यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभएर जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको बताएका छन् ।
उनले जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको भन्दै जनहित पहिलो प्राथमिकता रहने बताएका छन् ।