• फाल्गुन २३ २०८२, शनिबार

काठमाडौंका मेयर बालेन शाहले राजीनामा दिए

माघ ४ २०८२, आईतवार

काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।

“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।