काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमामा सुरू भएको छ । केहीबेरअघि सुरु भएको भेलामा गगन थापा नेतृत्वको काँग्रेसले आधिकारिकता पाएपछि आफ्नो पक्षको रणनीति तय गर्न भेला बसिरहेको हो ।
कोइराला पक्ष आज देउवा पक्षसँग सर्वोच्च अदालत समेत नगएपछि अब गगन थापा पक्षसँगै सहकार्य गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।
कोइराला पक्षका धेरै नेताहरु काँग्रेसको झण्डा र चुनाव चिन्ह रुख हुने ठाउँमै जानुपर्ने पक्षमा रहेका छन् र कैयौं जिल्ला र केन्द्र स्तरका नेताहरु गगन पक्षमा खुलिसकेका छन् ।
फागुन २१ को चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ताको तालिका रहेकाले कोइराला पक्षले आज निर्णय गरेर अगाडी बढ्ने बताइएको छ ।
अर्कोतर्फ शेरबहादुर पक्षले भने आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ, जसको पेसी मंगलबारका लागि तोकिएको छ ।