• फाल्गुन २३ २०८२, शनिबार

एमालेमा टिकट वितरणमा असन्तुष्टि, योगेश भट्टराईको टिकट ‘होल्ड’

माघ ४ २०८२, आईतवार

काठमाडौँ । नेकपा एमालेले फागुन २१ मा हुने निर्वाचनका लागि प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार तय गरेपनि अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई भने किनारा लगाएका छन् ।  प्रमुख रुपमा ओलीले उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङको सिट होल्ड गरेका छन् ।

भट्टराईले आफ्नो टिकट होल्ड भएपछि निर्णय सुनेर विचलित नहुँन अनुरोध समेत गरेका छन्  । उनले यात्रा लामो र ग़ौरबपूर्ण रहेको भन्दै अझ उच्च मनोवल र एकताका साथ एमालेका उम्मेदवारहरूलाई बिजयी बनाउन आफनो ठाउ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन् ।