• फाल्गुन २३ २०८२, शनिबार

प्रेम आले नेकपाको कैलाली-५ बाट बने उम्मेदवार

माघ ३ २०८२, शनिबार

काठमाडौँ । प्रेम आले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कैलाली-५ बाट उम्मेदवार बनेका छन् । आलेलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले टिकट हस्तान्तरण गरेका हुन् ।

आलेले २०७९ को निर्वाचनमा डोटीबाट एकीकृत समाजवादीबाट विजयी भएका थिए । उनले एमालेका उम्मेदवार गौरी बहादुर खड्कालाई पराजित गरेका थिए ।

एकीकृत समाजवादीमा पछिल्लो समय निष्क्रिय रहेका आले पार्टी नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध भएपछि पनि सक्रिय रहेका थिएनन् ।