काठमाडौँ । निवर्तमान स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । सिंहले माघ ५ गते जनकपुरमा हुने रास्वपाको सभाबाट नयाँ राजनितिक अध्यायको सुरुवात गर्ने बताएका छन् ।
सिंहले यसअघि नै बालेन शाहसँग छलफल गरेर आफ्नो सम्भावित कदम बारे संकेत दिएका थिए ।
उनले भनेका छन्: यहि माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दैछु । देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद्द हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ । साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरुलाई यसै कार्यक्रम मार्फत जुट्न आव्हान गर्दछु ।