• फाल्गुन २३ २०८२, शनिबार

गगन समूहले दलकाे मान्यता पाएपछि पूर्णबहादुर खड्काको कडा प्रतिक्रिया

माघ २ २०८२, शुक्रबार

काठमाडौँ । पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय नमान्ने बताएका छन् ।

काँग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पाएपछि खड्काले प्रतिक्रिया दिदै संविधान, दल सम्बन्धि ऐन र विधान विपरित आयोगको निर्णय गाएको भन्दै आयोगले षड्यन्त्रपूर्ण निर्णय गरेको आरोप लागएका छन् ।

उनले भने- ‘हामी वैधानिक र राजनीतिक लडाइँ लड्छौं । यो निर्णय धेरै अगाडी सेटिङ भएको भन्ने कुरा आएको थियो र अहिले सोहि अनुसार आएको छ । आयोगले आधिकारीक र कानूनी रुपमा एक पटक नबोलाएर निर्णय गरेको छ । प्रक्रिया र कानूनी रुपमा यो अवैधानिक छ । हामी यसलाई खारेज गर्छौं ।’

उनले आफूहरुको आशंका अनुसार नै षड्यन्त्रपूर्वक निर्णय आएको बताए । खड्काले यो निर्णय अमान्य भएको बताए ।