• फाल्गुन २३ २०८२, शनिबार

भूकम्पबाट बच्ने १० उपयोगी उपाय:

माघ २ २०८२, शुक्रबार

भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनि सम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् । भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनिसम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् ।

१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउनुहोस् ।
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै आगोको श्रोतहरु तत्काल बन्द गर्नुहोस् ।
३) हतारमा आत्तिएर बाहिर नभाग्नुहोस।
४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
५) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस र जोखिमयुक्त वस्तुबाट बच्नुहोस् ।
६) डिपार्टमेण्टल स्टोर वा प्रर्दशनी हल जस्ता ठूला व्यावसायिक केन्द्रमा
हुनुहुन्छ भने त्यहाँका गार्ड अथवा कर्मचारीले भने बमोजिम गर्नुहोस् ।
७) सवारी साधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्रमा नलानुहोस् ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदिबाट सावधान रहनुहोस् ।
९) सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामानमात्र बोकि हिंडेर जानुहोस् ।
१०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित स्थलतर्फ लाग्नुहोस् ।